दमक। झापाको कमल गाउँपालिकाबाट पठाइएका ११ जनाकै स्वावको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनिहरुलाई आ–आफ्नो घर पठाइएको कमल गाउँपालिकाको क्वारेन्टाइनमा खटिनुभएका स्वास्थ्य शाखाका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो ।
वहाँका अनुसार घरफर्किनेमा ९ पुरुष र २ महिला छन् । उनिहरु भारत लगायत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्दैआएका थिए । यो समाचार तयार पार्दा सम्म कमल गाउँपालिकाको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा २६ जना छन् । त्यसमध्ये २४ जना पुरुष हुन भने २ जना महिला हुन् । उनिहरु भारत लगायत तेश्रो मुलुकबाट आएका हुन् ।
कमल गाउँपालिकामा अहिले सम्म एक जनामा मात्र कोरोना पुष्टि भएको छ । उनी वडा नम्बर एक बाँसबारीका हुन् । कोरोना पोजेटिभ देखिएका उनीपनि कोरोना जितेर घर फर्किसकेको वडा नम्बर एकका वडा अध्यक्ष केदार कट्वालले जानकारी दिनुभयो ।



