काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख आज चयन गरिने बताइएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले प्रहरी प्रमुख चयन गरिने बताइएको हो । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल भोलि सकिदैछ । आईजीपी ज्ञवालीले ३० वर्षे सेवा अवधीको कारण भोलिबाट अनिवार्य अवकाश पाउनुहुनेछ ।
उहाँले फागुनदेखि प्रहरी निरीक्षकको कार्यभार सम्हाल्नु भएको थियो । त्यसैले आजको बैठकले २८ औं प्रहरी महानिरीक्षक आईजीपी चयन गर्ने छ ।
अब आउने प्रहरी प्रमुखको अवधि २१ महिनाको हुँदैछ भने नयाँ आइजीपीले २०७९ साल बैशाख १९ गते सम्मका लागि आफनो कार्यभार सम्हाल्नेछन् । प्रहरी प्रमुखको दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीद्धय हरि पाल र शैलेश थापा क्षेत्री हुनुहुन्छ ।










