गौरादह। झापाको गौरादहबाट पठाइएका ८७ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गौरादहका ६ वटा क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरी ८७ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

रिपोर्ट नेगेटिभ आउनेमा ७१ जना पुरुष र १६ जना महिला छन् । पीसीआर परीक्षणका लागि वडा नम्बर १ को जनता मावि क्वारेन्टाइनबाट १६ जना, वडा नम्बर ७ को जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनबाट १३ जना, वडा नम्बर ८ को प्रगति मावि क्वारेन्टाइनबाट ९ जना र वडा नम्बर ९ को अमर मावि क्वारेन्टाइनबाट २१ जनाको स्वाव पठाइएको थियो भने बाँकी जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र क्वारेन्टाइनमा खाना पकाउने भएको नगरपालिककाको स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय