गौरादह। गौरादहबाट आज १०१ जनाको स्वाव संकलन गरिएको छ । उपचारका लागि काठमाण्डौ लगिएकी गौरादह १ की ६७ वर्षीया एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनको घर आसपासका १०१ जनाको स्वाव संकलनगरि परीक्षणका लागि विराटनगर पठाइएको हो । स्वाव संकलन गरिएकामा ६१ जना पुरुष र ४० जना महिला रहेको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुको परीक्षणको रिपोर्ट बिहीबार आउने पनि श्रेष्ठले बताउनु भयो । गौरादहको नवदुर्गा पेट्रोल पम्म नजिक घर भएकी ति महिलाको घाटीमा समस्या देखिएपछि विर्तामोडको विएण्डसी हस्पिटल लगिएको थियो । पछि उनलाई काठमाण्डौ लगिएको थियो । काठमाण्डौको पाटल अस्पतालले उपचार गर्नु अघि कोरोना संक्रमण भए नभएको परीक्षण गर्न भनेपछि स्वाव संकलन गरि गरिएको परीक्षणमा सोमबार रिपोर्ट पोजेटिभ आएपछि सो क्षेत्रका बासिन्दामा त्रास बढेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनमा कोरोना संक्रमण पुष्टि भएको खबर आउँने वित्तिकै गौरादह नगरपालिकाले उनको घर आसपास सहित केहि क्षेत्र नै तोकेर आवागमनमा रोक लगाएको छ । नगरपालिकाले पूर्वमा गोल्छा चोक देखि पश्चिममा गेउरीया खोला, उत्तरमा चैतुचोक देखि दक्षिणमा कार्की चोक सम्मको क्षेत्रलाई तत्कालका लागि आवत–जावतमा रोक लगाएको हो । उनलाई भेट्न झापाका अन्य पालिकाहरुबाट पनि आएको भएपनि को को आएका थिए भन्ने खुलेको छैन् ।