पार्टीभित्रको विवादले सरकार संकटमा परेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधवार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

सरकार समर्थकहरूले बुधवार दिउँसो ३ बजेको समयमा देशका विभिन्न भागमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले सरकारको पक्षमा नाराबाजी गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौंको इन्द्रचोक, कलंकी, चाबहिल, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भएको हो । चाबहिलमा भएको प्रदर्शनमा अपाङ्गता भएका व्यक्तिहरू ह्विल चेयर र मोटरसाइकलमा सहभागी भएका थिए ।

उनीहरूले ओलीलाई पदमुक्त गर्ने तयारीविरुद्ध चर्का नारा लगाएका थिए । यसअघि छिटफुट रूपमा प्रदर्शन भएकोमा बुधवार संगठित रूपमा प्रदर्शन भएको थियो ।