५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ लोकमान रहेको तथ्य भेटिएको छ । आयोगका कायम मुकाय प्रमुख दीपकुमार बस्न्यात शैक्षिक योग्यता नक्कली भएको भन्दै छानविन गर्न संसदीय समितिमा उजुरी परेपछि यस्तो तथ्य फेला परेको हो ।
यसै विवादका कारण आज हुने भनिएको संसदीय सुनुवाई पर्सी (आइतबार) सम्मलाई स्थगित भएको समाचार स्रोत बताउँछ ।
यसअघि तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य ठहर गर्दै संसदबाट महाअभियोग लगाइएको थियो भने सर्वाेच्च अदालतले हटाइदिएको थियो ।
उनी हटेपछि कामुको जिम्मेवारी सम्हाल्दै आएका दीपकुमार बस्न्यातलाई संवैधानिक परिषद्ले केही दिन अगाडि अख्तियारको प्रमुख आयुक्त बनाउने निर्णय गर्दै सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पठाएको थियो ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय समितिले सुनुवाई प्रक्रिया सुरु गर्दै सार्वजनिक सूचना प्रकाशित गरी बस्न्यातविरुद्ध उजुरी आह्वान गरेको बताइन्छ ।
त्यसपश्चात समितिमा प्रकाश अधिकारीको नामबाट गम्भीर प्रकृतिको उजुरी आएको बताइन्छ । जसले बस्न्यातको योग्यतामाथि नै प्रश्न उठादिएको छ ।
यसअघि योग्यताको प्रश्नकै कारण लोकमान पदबाट निलम्बनमा परेका बेला अख्तियारमा नियुक्ती प्रक्रियामा रहेका बस्न्यात पनि विवादमा परेका थिए । त्यस्तै प्रकृतीको उजुरी परेपछि यतिबेला अख्तियारमा हल्लिखल्लि मच्चिएको छ ।
संसदीय समितिनै अब के गर्ने भन्ने विषयमा अलमलमा परेको छ । उता ,केही सदस्यले उनलाई निलम्बनमा राखि छानविन गर्नूपर्ने बताएको समाचार शुत्र बताउँछ ।
न्यूज अभियान बाट साभार



