काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितमध्ये करिब आधाजसो उपचारपछि निको भइसकेका छन्। पछिल्लो तथ्यांकअनुसार (असार २६ गतेसम्म) नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ। जसमध्ये ८ हजार ११ जना जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।

पछिल्ला दिनहरूमा नेपालमा कोरोना संक्रमित भएकाहरूको निको हुने क्रम बढेको छ। पछिल्लो सात दिनमा मात्र एक हजार ८६८ जना कोरोना संक्रमित निको भएका छन्। जसमध्ये सबैभन्दा धेरै असार २३ गते ६८८ जना निको भएर घर फर्किए भने शुक्रबार (आज) १२० जना निको भए।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार असार २० गतेसम्म ६ हजार ४१५ जना संक्रमित डिस्चार्ज भएकामा आजसम्म आइपुग्दा डिस्चार्ज भएकाको संख्या ८ हजार नाघेको हो।

स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित स्वास्थ्य व्रिफिङअनुसार नेपालमा हाल आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या अब ८ हजार ६०३ छ।

त्यस्तै क्वारेन्टिनमा बस्नेहरूको संख्या पनि निरन्तर घट्दै गएको छ। हाल क्वारेन्टिनमा बस्नेहरूको संख्या २३ हजार ९१० मात्र छ। नेपालमा कोरोना भाइरस संक्रमित ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर २ लाख ७५ हजार ९५१ वटा स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah