काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चलिरहेको विवादको सामाधानको लागि बसेको पार्टीका अध्यक्षद्वयबीचको बैठक सकिएको छ

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा करिब सवा घन्टा भएको छलफल पार्टीभित्रको विवाद समाधान गरेर सहमति जुटाउनेतर्फ केन्द्रित रहेको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत बिहीबार छलफलमा जुट्ने गरी गत बुधबार छुटिएका उनीहरुबीच आज ६ दिनपछि राम्रो कुराकानी भएको के के विषयवस्तुमा छलफल भएको भन्ने जानकारी नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । त्यस्तै, शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित भएको थियो।