दमक-वल्र्डलिक(WORLDLINK)- दमक शाखाले फाइवर मार्फत सर्वसाधरण आफ्ना उपभोक्ताहरुलाई सेवा प्रदान गर्न शुरु गरेको जनाएको छ । वल्र्डलिक २१ औ बर्षमा प्रवेस गरेसंगै मेची अञ्चलमा नै पहिलोपटक दमकमा फाइवर मार्फत सर्वसधारण उपभोक्तामा सेवा प्रदान गर्न शुरु गरिएको वल्र्डलिक दमकका प्रमुख राजन तिम्सिनाले बताए ।
यसभन्दा अगाडि ठूला र महगो पैसा तिर्ने उपभोक्तालेमात्र यो सुबिधा पाउदै आएकोमा अब दमकका सबै उपभोक्ताहरुले यो सुबिधा लिन सक्ने तिम्सिनाले बताए । फाइवरको सेवासंगै त्यहि केवल मार्फत १ सयभन्दा बढि टिभि च्यानल समेत आउनेछ । एचडि क्वालिटिको टिभि समेत सस्तो महसुलमा उपभोक्ताले पाउने भएकाले अहिले दैनिक रुपमा यो सेवा लिनका लागि निवेदन दिनेको घूइचो लागेको बताइएको छ ।
पहिला उपभोक्ताले तिर्ने मूल्यमा नै अहिलेभन्दा १० गुणा बढि क्षमताको इन्टरनेट र टिभि च्यानल समेत हेर्न सकिने जनाईएको छ । वल्र्डलिक प्रमुख तिम्सिनाका अनुसार सुबिधा लिनका लागि असोजभरि अर्थात २१ दिनसम्ममा नाम टिपाइसक्नु पर्नेछ । आफूहरुले दमकमा सबैको घरमा इन्टरनेटको पहुच पुर्याउनका लागि सेवा बिस्तार गरेको दूइ दर्जनभन्दा बढि कर्मचारीहरु समेत थप गरिसकेको तिम्सिनाको भनाई छ ।
दमकमा वल्र्डलिकंले सेवा दिन शुरु गरेको १५ बर्ष भन्दा बढि भएको र उपभोक्ताको बिश्वास जित्न सफल भएकाले सबैभन्दा बढि इन्टरनेट सेवा प्रदान गर्ने संस्था आफूहरु भएको पनि तिम्सिनाले दाबी गरे ।



