काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक पदावधी’ माथि प्रश्न गरेपछि दिपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलौज गरियो । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको भन्दै माफी मागिसकेकी छिन् ।

साथै राजेश हमालबारे सञ्चारमाध्यममा पनि विभिन्न टिकाटिप्पणी आइरहे । राजेश हमालले बोलेपछि मात्र विवाद अन्त्य हुने दर्शकहरुको माग थियो । दर्शकहरु दीपाश्रीमाथि खनिएपछि मध्यरातमा फेसबुक लाइभ आएर हमालले सम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकको लाइभमा हमालले आफुलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गरेको बताएका छन् । दिपाले भनेका कुरालाई आफुले नजरअन्दाज गरेको उल्लेख गर्दै उनले दर्शकलाई पनि संयम बन्न आग्रहसमेत गरेका छन् ।

उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दुःखसमेत लागेको बताएका छन् । उनले भनेका छन्, ‘व्यक्तिगत तहबाट कुरा गर्ने हो भने मलाई साह्रै दुःख लागेको छ । खासगरी आफू आबद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप–प्रत्यारोपप्रति उत्रिनु लज्जास्पद कुरा हो ।’

फराकिलो हृदय बनाएर दीपाश्रीाप्रति मानवता देखाइदिन दर्शकलाई आग्रह गर्दै हमालले भने, ‘कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।’ फेसबुक लाइभको समयसम्म हमालले दीपाश्रीको नाम एकपटक पनि लिएका छैनन् ।

https://www.facebook.com/sawaalnepal/videos/1068922276843005/

उनले दिपालाई इंगित गर्दै सुरुमा उनले ‘मेरा सहकर्मी’ भनेका छन् भने अन्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् । सांकेतिक प्रतिक्रिया दिएका हमालले कला क्षेत्रप्रति निःसन्देह रहेको भनाइ व्यक्त गरेका छन् । ‘दर्शकहरुले दिनुभएको सल्लाह, सुझाव र भनाईले कला क्षेत्रमा अहम भूमिका निर्वाह गर्दछ ।’

दर्शकहरु र कलाकारबीच अद्भूत सम्बन्ध रहेका हमालको बुझाइ छ ।

माफी मागिसकेकी थिइन् दीपाले:

विवादमा तानिएपछि निरौलाले फ्यानसँग माफि मागेकी थिइन् । हमालका शुभचिन्तकले दीपाको आलोचना गरेपछि दिपाले सामाजिक सञ्जालमार्फत नै महानायक हमालका फ्यानसँग माफी मागेकी हुन् ।

माफी मागेपनि दर्शकहरु दीपाश्रीमाथि खनिन नछोडेपछि हमाल मुख खोल्न बाध्य भएको बताइन्छ । दीपाश्रीले एक अन्र्तवार्तामा राजेश हमालको ‘महानायक’ उपाधीप्रति गरेको प्रश्नले सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।

‘मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राबिधिकहरूलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नुभएन भन्ने आशयले यो बिषयमा बोलेको हुँ,’ माफी माग्दै दीपाश्रीले फेसबुकमा लेखेकी थिइन् ।

दीपाले उच्च ओहोदामा बसेका मानिसबाट केहि आशा पनि हुन्छ भन्ने आफ्नो आशय भएको स्टाटसमा उल्लेख गरेकी छद् । दीपाले फ्यानहरुलाई स्पष्ट पार्दै अगाडि लेखेकी छिन्, ‘राजेश हमाललाई सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन, छैन र हुने पनि छैन, मेरो पहिलो चलचित्रको नायक हो उहा, उहाँलाइ महानायकको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडी कल्बमा अत्यन्त सम्मान गरेकै छु । हेर्न सक्नुहुनेछ ।’

‘काठमाडौँमा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकी म सामान्य कलाकार हुँ, मेरो विगतले नै मलाई घमन्ड गर्ने अनुमति दिँदैन, म यो क्षेत्रमा ३० बर्षदेखि छु, टुप्पोबाट पलाएको पनि छैन,’ उनले आफ्नो पृष्ठभुमि बताउँदै लेखेकी छिन् ।

 

https://youtu.be/kmfzhTfpoCY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय