काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा ५५ लाख अमेरिकी डलर छ भन्ने समाचार कपोकल्पित र भ्रामक भएको स्पष्ट पारिएको छ ।

आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्ट पार्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, "प्रधानमन्त्रीको चरित्रहत्या गर्ने किसिमका यस्ता समाचार भ्रामक र गलत छन् । ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ," ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीलाई बदनाम गर्ने किसिमले बनाइएको यस्ता समाचार खेदजनक भएको उल्लेख छ । विज्ञप्तिमा यस्ता भ्रमपूर्ण समाचारलाई नपत्याउन पनि सम्पूर्ण जनतामा आग्रह गरिएको छ ।

विज्ञप्तिमा पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ ।