दमक। झापाको कमल गाउँपालिकाबाट आज २६ जनाको स्वाब संकलनगरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । स्वाब पठाइएकामा २० पुरुष र ६ महिला रहेको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले जनाकारी दिनुभयो । वहाँका अनुसार एक महिला होम क्वारेन्टाइनमा बस्दै आएकी हुन् ।
उनीहरुको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको अर्यालले जानकारी दिनुभयो । कमलमा अहिले सम्म एक जना मात्र संक्रमित भेटिएको छ । यद्यपी उनी पनि कोरोना जितेर घर फर्किसकेका छन् ।



