काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधानका लागि भन्दै दुई अध्यक्षबीच वालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको श्रोतले बतायो।
श्रोतले भन्यो दुई अध्यक्षबीचको फाटोमा केहि कमी आएकाले बार्ता सकारात्मक हुने र केहि सहमति हुन सक्ने देखिएको छ । यसअघि मंगलबार भएको वार्ता पनि विनानिष्कर्ष टुंगिएको थियो।
पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन। असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।










