भोजपुर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अरुण गा.पा. वडा नं ५ अन्तर्गत टोल नं २ र ३ आरुखर्कमा एक कार्यक्रमका बिच विभिन्न पार्टी बाट पार्टी परित्याग गरि नेकपा मा प्रबेश गरेका छन् ।नेपाली काँग्रेस, राप्रपा,जनता समाजवादी पार्टी र केही स्वतन्त्र युवाहरु समेत गरि ५१ जनाले पार्टी प्रबेश गरेका हुन।
ज.स.पा. बाट नेतृत्व गरि आएका (पूर्ब गा।बि।स। उपाध्यक्ष) ज.स.पा. जिल्ला तदर्थ समिति सद्स्य गणेश बहादुर राईले यो पार्टी निश्चित संकिण जातिवादीहरुको मात्रै पक्ष पोषण गरेको ,जनताको समस्या सम्बोधन गर्न नसकेको साथै राष्ट्रियताको बिषयमा पनि स्पष्ट धारणा नभई राजनीतिक अकर्मण्यतामा फसेको हुनाले पार्टी छोड्न बाध्य भएको बताउनु भयो। त्यस्तै अर्का जसपा का वडा कमिटीका संयोजक बलबहादुर श्रेष्ठले उत्पिडित जनताको मुक्तिका लागि यो पार्टीबाट कुनै हालतमा सम्भावना नभएकोले यस्को निकासका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नै उत्तम बिकल्प भएको भन्दै पार्टी प्रबेश गरेको जानकारी दिनु भयो ।
राप्रपाबाट नेतृत्व गर्दै आउनुभएका बिरेन श्रेष्ठले राप्रपा नामको मात्र पार्टी भएको र यस्तो अस्तित्व नै समाप्त भएको पार्टीमा बस्न उचित नभएको भन्दै नेकपा नै रोज्न परेको बताउनु भएको छ। त्यसै गरि नेपाली काँग्रेसबाट नेतृत्व गरि आउनु भएकि धनशोभा राईले वडा र गाउपालिका सरकार दुईवटै काँग्रेसको भएको तर हामि अत्यन्तै पिडित हुनुपरेको ,जनताका लागि सिन्को पनि भाचेको नसकेको साथै एकलौटी र आफुखुसिरुपमा बजेट सञ्चालन गरि चरम दरुपयोग गरेको र आफ्नो पार्टी र सरकारबाट आफै अन्यायमा पर्नु परेको दुखेसो गर्दै उहाले भन्नू भयो नेपाली काँग्रेस जस्तो सामन्ती पार्टी त्याग्नु नै ठिक लाग्यो ।केहि स्वतन्त्र रुपमा रहेर बसेका युवाहरु समेत पार्टी प्रबेश गरेका छन ती युवाहरुको नेतृत्व गरेका रञ्जन श्रेष्ठले इतिहास देखि हालसम्म पनि युवाहरुको भाग्य र भबिस्य बोकेको पार्टी नेकपानै देखिएकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै रोजेको जानकारी दिए ।
पार्टी प्रबेश कर्ताहरुकै बिशेष पहल तथा टोल पार्टीको समन्वयमा बृहत् पार्टी प्रबेश कार्यक्रम राखिएको हो । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य तथा अरुण गा.पा.सह(ईन्चार्ज बबिन्द्र रसाइली ,जिल्ला सचिवालय सदस्य तथा गा.पा.अध्यक्ष बलभद्र बान्तवा,जिल्ला कमिटी सदस्य तथा गा.पा. सचिब नारायण घिमिरे, जिल्ला कमिटी सदस्य तथा अरुण गा.पा. ५ र ७ पार्टी ईन्चार्ज कुमार थापा वडा पार्टी अध्यक्ष निरनकुमार राई,सचिव श्याम तामाङ लगाएत जिल्ला पार्टी सल्लाहकारहरु डम्बरबहादुर राई र भुपाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।











