काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको बैठक आज पुनः विना निष्कर्ष टुंगिएको छ । यद्यपी छलफल सकारात्मक भएको बताइएको छ । बैठक भोलि फेरी बस्ने छ ।

प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच बालुवाटरमा बिहान साढे ११ बजे सुरु भएको बैठक दिउँसो सम्पन्न भएको हो। यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति भने हुन सकेको छैन।