सप्तरी । दोस्रो चरणको चुनावको तयारी सुरु भएसँगै मधेसमा बम बिस्फोट हुन थालेका छन् । शनिबार सप्तरीको बोडेबर्साइनस्थित इलाका प्रशासन कार्यालयमा कुकर बम विष्फोट भएको छ । बम विष्फोटका कारण नीजि घरमा सञ्चालित कार्यालयमा सामान्य क्षति पुगेको छ । प्रहरीका अनसार पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा फुटेको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाले विज्ञप्तिमार्फत घटनाको जिम्मा लिएको छ । जेठ ३१ गते ४ प्रदेशका ४३ जिल्लाका निर्वाचन हुँदैछ ।



