स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय १६ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय १६ मा संक्रमण देखिएको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ भने हालसम्म ११ हजार २५ ले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।