सुरुङ्गा। झापाको कनकाई नगरपालिकाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कनकाइ नपाको दलित सामुदायिक भवनको क्वारेन्टाइनमा बस्दैआएका कनकाई नपा वडा नम्बर ७ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको क्वारेन्टाइन व्यवस्थापनमा खटिनु भएका लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।
वहाँका अनुसार गत असार २९ गते ८ जनाको स्वाब संकलनगरि परीक्षणको लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । सोको आज आएको रिपोर्टमा एक जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि भएकालाई गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।
त्यस्तै आज कनकाई क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका १६ जनाको स्वाब संकलनगरी परीक्षणको लागि पठाइएको पनि वहाँले बताउनु भयो । यसअघि हिजो मात्र भद्रपुर नगरपालिकाको वडा नम्बर १० का दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।



