दमक÷ बिहीबार झापामा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेहरुमा कनकाई नगरपालिकाका १ जना र मेचीनगर नगरपालिकाका १ जना छन् । कनकाई नगरपालिकाका सङ्क्रमित हुनेमा दलित सामुदायिक भवनको क्वारेन्टाइनमा बस्दै आएका कनकाई–७ का ३४ वर्षीय पुरmष भएको क्वारेन्टाइन व्यवस्थापनमा खटिनु भएका लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।

उनी कतारबाट असार २४ गते स्वदेश फर्किएका र २५ गते कनकाई नपामा आएर क्वारेन्टाइनमा बसेको पनि अधिकारीले जनकारी दिनुभयो । अधिकारीका अनुसार गत असार २९ गते ८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको थियो । सोको आज आएको रिपोर्टमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कनकाई नगरपालिकाका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि यसअघिका ११ जनाले भने कोरोना जितेर घर फर्किसकेको पनि अधिकारीले जानकारी दिनुभयो । आज सङ्क्रमण पुष्टि भएकालाई गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको पनि अधिकारीले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै झापाको मेचीनगर नगरपालिकामा थप सङ्क्रमण पुष्टि भएकामा गत असार १७ गते भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बस्दै आएकी २७ वर्षीया महिला भएको नगरपालिकाको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । असार २९ गते स्वाब सङ्कलन गरी पठाइएका २२ जनामध्ये एक महिलामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोभिड अस्पताल पठाइएको नगरपालिकाको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो । उनी मेचीनगर–४ की हुन् । यसअघि हिजो बुधबार भद्रपुर नगरपालिका –१० का दुई जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । आज सङ्क्रमण पुष्टि भएका दुई जनासँगै झापामा पुष्टि हुनेको सङ्ख्या ३ सय १० पुगेको छ ।