काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित गरिएको हो।
यसअघि बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न भन्दै एक हप्ता अघि नेकपा बैठक स्थगित गरिएको थियो । यस अघि पनि पटक पटक बैठक स्थगित भएको थियो ।
आजको बैठक बस्नुअघि शीर्ष नेताहरुबीच सहमति खोज्ने प्रयास गरिने बताइएको छ । बैठक अघि नै अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच बैठक बस्ने तय भइसकेको छ ।
यसअघि बिहीबार बसेको अध्यक्षद्वयको बैठकले आजको स्थायी समिति बैठक सुचारु गर्ने सहमति गरेको थियो । नेकपामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने आवाज उठिरहेको छ । यद्यपी प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ ।










