पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सत्तापक्षीय दलका नेताहरुले चितवनलगायतका ठाउँको मतगणना प्रभावित पार्न खोजेको आरोप लगाउनु भएको छ ।

विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राज्यसंयन्त्रको दुरुपयोग गरी सत्तापक्षीय दलले निर्वाचन आयोगका कर्मचारीलाई प्रभावित पार्ने गतिविधि गरेको बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले एमालेको पक्षमा मत आउन थालेपछि विभिन्न बहाना गरेर पटकपटक मतगणना स्थगित गर्ने, मोर्चाबन्दी गरेर निर्वाचन आयोगलाई पटकपटक सहमति गर्न बाध्य बनाउने काम गरेर मत गणना प्रभावित गरी आफ्नो पक्षमा पार्ने खेल भएको भन्दै शंका व्यक्त गर्नुभयो ।

खनालले दुई नम्बर प्रदेशमा एकाध ठाउँमा निर्वाचन बिथोल्ने काम भए पनि निर्वाचन नै हुन नसक्ने अवस्था नआउने दाबी गर्नुभयो ।