वि.सं.२०७७ साउन -५,सोमवार, ई.सं.२०२० जुलाई -२०,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण कृष्णपक्ष तिथि-औंसी , २२:४४ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-पुनर्वशु,२१:५४ बजे उप्रान्त तिष्य,योग-हर्षण , २१:११ बजे उप्रान्त वज्र,करण-चतुष्पद ११:०४ बजेदेखि नाग , २२:४४ बजे उप्रान्त वालव,चन्द्रराशि-मिथुन,आनन्दादि योग-धुम्र, सूर्योदय-५:२१, सूर्यास्त-१८:५८, दिनमान-३४ घडी ०० पला, व्रत/पर्व-दर्शश्राद्ध, सोमवारे औंसी, हलो तथा निशि बार्ने।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,खेलकुद क्षेत्रमा सफल भइनेछ,दाजु भाइ बिचमा मन मुटाव हुनेछ, झुटो आरोप लाग्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – पति पत्नी बिचमा मन मुटाव हुनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,साथि भाईको साथले उत्साह जगाउनेछ, आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ, किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, परिवारमा विवाद हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,आर्थिक क्षेत्रमा सफल हुनेछ,पारिवारिक समस्या तथा व्यापारमा आर्थिक सुधार हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– साझे दारीको काममा संकट आउनेछ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,सन्तान पक्षमा खुशीको योग छ, शारीरिक मानसिक पिडा हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आफन्तलाई ठेस पुग्न सक्छ ,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ, बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, मन प्रशन्न रहनेछ, आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– शारीरिक मानसिक पिडा बढ्ने तथा बोलीको अनर्थ लाग्न सक्छ,पारिवारिक मेलमिलाप बढ्नेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वास्थ्यमा सुधार आउने तथा संकल्प गरेको काम सफल हुनेछ,अप्रिय घटना हुनसक्छ,यात्रा गर्दा विचार गर्नु होला , आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सामान चोरि हुने हराउने योग छ,सामाजिक कार्य सफल भइनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, लेनदेनमा विवाद हुनेछ, आजको शुभ अंक १ रहेको छ ।



