विराटनगर। मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररियाका जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन ।

उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हिजो साँझ साढे ६ बजे साईकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।

यसै गरी बिराटनगर–१६ मा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट ट्याब्लेट सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय