वि.सं.२०७७ साउन -७,बुधवार,ई.सं.२०२० July- २२, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक् तिथि-द्वितीया , २०:१७ बजे उप्रान्त तृतीया,नक्षत्र-अश्लेषा ,२०:५९ बजे उप्रान्त मघा,योग-सिद्धि , १७:१६ बजे उप्रान्त व्यतीपात,करण-वालव ०९:०३ बजेदेखि कौलव , २०:१७ बजे उप्रान्त वणिज,चन्द्रराशि-कर्कट,आनन्दादि योग-राक्षस, सूर्योदय-५:२२, सूर्यास्त-१८:५७,दिनमान-३३ घडी ५६ पला,सायन सूर्य सिंहमा १७:५९ बजे प्रवेश।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सन्तान पक्षमा खुशीको योग छ,शारीरिक मानसिक पिडा हुनेछ,परिवारमा विवाद हुनेछ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,सामाजिक कार्य सफल भइनेछ,आफन्तलाई ठेस पुग्न सक्छ ,यात्रा गर्दा विचार गर्नु होला ,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – पारिवारिक मेलमिलाप बढ्नेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,सामान चोरि हुने हराउने योग छ, मन प्रशन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,आर्थिक क्षेत्रमा सफल हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– दाजु भाइ बिचमा मन मुटाव हुनेछ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,साझे दारीको काममा संकट आउनेछ, खेलकुद क्षेत्रमा सफल भइनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,लेनदेनमा विवाद हुनेछ,किनमेल गर्दा सजग रहनु होला, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – पारिवारिक समस्या तथा व्यापारमा आर्थिक सुधार हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने तथा बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,साथि भाईको साथले उत्साह जगाउनेछ, आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, आजको शुभ अंक ७ रहेको छ ।



