काठमाडौं । मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले देशभर मौसममा सुधार आउन केहि दिन लाग्ने पूर्वानुमान गरिएको हो ।
बर्षा न्यून हुदै गएपनि देशभर आंशिकदेखि सामान्य बर्षाको क्रम जारी नै छ । महाशाखाका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानहरुमा बर्षा जारी रहेको छ । आगामी तीन दिनसम्म यी स्थानमा भारी बर्षाको सम्भावना रहेने पनि पूर्वानुमान गरिएको छ ।



