दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा झापाको विर्तामोड नगरपालिकाको वडा नम्बर ४ का २४ वर्षीय पुरुष हुन् ।
उनी गत असार ३० गते भारतबाट काँकडभिट्टा नाका हुँदै आएको र मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको यही श्रावण ६ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो । योसँगै झापामा कोरोना संक्रमण हुनेको संख्या ३ सय २१ पुगेको छ ।



