वि.सं.२०७७ साउन -१०,शनिवार, ई.सं.२०२० July – २५ , शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-पञ्चमी , १४:१० बजे उप्रान्त षष्ठी,नक्षत्र-उत्तरफाल्गुनी , १७:११ बजे उप्रान्त हस्त-योग,परिघ , ०९:१८ बजे उप्रान्त शिव,करण-वालव १४:१० बजेदेखि कौलव , २४:५८ बजे उप्रान्त वणिज,चन्द्रराशि-कन्या,आनन्दादि योग-उत्पात, सूर्योदय-५:२४, सूर्यास्त-१८:५५,दिनमान-३३ घडी ४८ पला, व्रत/पर्व-नाग पञ्चमी, ललितपुरको दानघाट एवं धापाखेल तथा काठमाडौंको नक्सालस्थित नागपोखरी र टौदहमा नाग-पूजन मेला, घर-घरमा नाग टाँस्ने सांस्कृतिक दिवस। कल्की जयन्ती।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पारिवारिक कलहको सम्भावना छ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, आफन्त संग विवाद हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – जनैतिक कार्यमा सफलता मिल्नेछ ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आर्थिक क्षेत्रमा सफलता मिल्ला ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,स्वास्थ्यमा गगबढी हुनेछ ,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – मनमा चिन्ता हुनेछ ,धार्मिक यात्राबाट आनन्द हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,पति पत्नी बिचमा मन मुटाव हुनेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ, सन्तान पक्षमा खुशीको योग छ, आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – नाक तथा घाँटीमा समस्या आउला ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ, सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक १० रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– स्वास्थ्यमा समस्या आउँन सक्छ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,अचल सम्पत्ति हात पर्ला ,अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – धार्मिक कार्य सफल रहनेछ, साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, प्रेम सम्बन्ध कसिलो होला,आर्थिक क्षेत्रमा सफल हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,व्यावसायिक यात्रा सम्भावना छ, अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah