१६ असोज, काठमाडौं । भारतको काश्मिर प्रशासित उरीमा भएको आतंकवादी हमलाबारे नेपाल सरकारले आइतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उरीमा भएको आतंकवादी हमलाको निन्दा गरिएको छ । विश्वभर भइरहेको सबैखाले आतंकवाद विरोधी संघर्षमा नेपालले ऐक्यवद्धता जनाइरहेको भन्दै विज्ञप्तिमा हाम्रो क्षेत्र -दक्षिण एशिया) हुने आतंकवादी कार्यको नेपालले सधैं विरोध गर्ने उल्लेख छ ।

१८ सेप्टेम्वरमा काश्मिरको उरीमा भएको आक्रमणमा १७ भारतीय सैनिक मारिएका थिए ।

सार्क बैठकबारे गम्भीर हुन आग्रह

परराष्ट्रको विज्ञप्तिको शीर्षक नै ‘१९ औं सार्क समिट स्थगनबारे’ भन्ने उल्लेख छ । जसमा भनिएको छ- ‘नोभेम्बर ९ र १० मा इस्लामावादमा आयोजना गरिएको १९ औं सार्क शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण निर्माण हुन नसकेकोमा नेपाल खेद प्रकट गर्दछ ।’

वक्तव्यमा अर्थपूर्ण क्षेत्रीय सहकार्यका लागि शान्ति र स्थायीत्व अनिवार्य भएको नेपालले बताएको छ । साथै यसका लासगि वातावरण बन्ने र सबै सार्क राष्ट्रको सहभागितामा १९ औं शिखर सम्मेलन आयोजना गर्न नेपालले पहल गर्ने वक्तव्यमा उल्लेख छ ।

नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्र हो । भारत र पाकिस्तानवीच तनाव बढेपछि भारतले बैठकमा भाग नलिने घोषणा गरेको थियो ।

त्यसलगत्तै बंगलादेश, भुटान र अफगानिस्तानले सार्क बैठकमा भाग नलिने बताएका थिए । नेपालले भने साकै बैठक स्थगन गर्न नहुनेमा जोड दिँदै आएको थियो । श्रीलंकाले भने भाग नलिने बताएपछि पाकिस्तान आफैंले सार्क बैठक स्थगित गरेको छ ।

परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएको भोलिपल्टै नेपालले सार्क बैठक स्थगितबारे जारी गरिएको वक्तव्यमा उरी घटनाको निन्दा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय