दमक। झापाको शिवसताक्षी नगरपालिकाका ५ जनाले कोरोना जितेका छन् । आज एक महिलाले कोरोना जितेसँगै शिवसताक्षीमा कोरोना जित्नेको संख्या ५ पुगेको हो ।

 यसअघि ४ जनाले केरोना जितिसकेका थिए । गत असार २३ गते कुबेतबाट स्वदेश फर्किएकी उनी २४ गते शिवसताक्षीको क्वारेन्टाइनमा आएर बसेकी थिइन् ।

त्यसको ४ दिनमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । त्यसको दुई पछि ३० गते रिपोट पोजेटिभ आएको थियो ।

२९ वर्षीया ति महिलामा कोरोना पुष्टि भएसँगै उपचारका लागि उनलाई विराटनगरको केभिड अस्पताल पठाइएको थियो । उनले १४ दिनपछि आज कोरोना जितेर घर फर्किएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनु भयो । योसँगै शिवसताक्षीका ६ जना संक्रमित मध्ये ५ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय