वि.सं.२०७७ साउन- १२,सोमवार, ई.सं.२०२० July – २७, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-सप्तमी , ०९:१६ बजे उप्रान्त अष्टमी,नक्षत्र-चित्रा , १३:५३ बजे उप्रान्त स्वाती,योग-साध्य , २४:१२ बजे उप्रान्त शुभ, करण-वणिज ०९:१६ बजेदेखि भद्रा , २०:०२ बजे उप्रान्त तैतिल,चन्द्रराशि-तुला,आनन्दादि योग-मुद्गर,सूर्योदय-५:२५,सूर्यास्त-१८:५४, दिनमान-३३ घडी ४३ पला,गोस्वामी तुलसीदास जयन्ती।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – धार्मिक यात्राबाट आनन्द हुनेछ,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – पारिवारिक कलहको सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ, आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,किनमेल गर्दा सजग रहनु होला, स्वास्थ्यमा गगबढी हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,प्रेम सम्बन्ध कसिलो होला, आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ, सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,धार्मिक कार्यमा सफल भइनेछ , आजको शुभ अंक ५ रहेको छ ।



