दमक। झापाको शिवसताक्षीबाट आज २६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । स्वाब संकलन गरिएकामा २४ पुरुष र २ महिला रहेको नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।
वहाँका अनुसार क्वारेन्टाइनका १७ पुरुष र २ महिला हुन भने सशस्त्र प्रहरीका ४ पुरुष, होम क्वारेन्टाइनका २ पुरुष र एम्बुलेन्स चालक एक पुरुषको स्वाब परीक्षणका लागि पठाइएको हो ।
स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको अधिकारीले जानकारी दिनुभयो । शिवसताक्षीमा अहिले सम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले कोरोना जितिसकेका छन् ।



