दमक। झापाको गौरादह नगरपालिकाबाट पठाइएका ४९ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गौरादहबाट ४५ जना पुरुष र ४ जना महिला गरी ४९ जनाको स्वाब पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।
जसमा ३ जना पुरुष विदेशबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए भने अन्य क्वारेन्टाइनमा बस्दै आएका थिए । रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनका ४६ जनालाई घर पठाउने तयारी भइरहेको गौरादह स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो ।



