लामो कसरतपछि झापाको दमक नगरपालिकामा मेयर र उपमेयरको टुङ्गोमा नेपाली काँग्रेस पुगेको बताईएको छ । ५ जना मेयरका आँकाक्षिहरु रहेकामा सर्वसम्मत रुपमा नेपाली काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिारज भण्डारी मेयरमा र महिला नेत्री रेगिना भट्टराइ प्रशाइ उपमेयरमा जिल्लामा सिफारीस भएको नेपाली काँग्रेस नगर कमिटीका एक पदाधिकारीले बताएकाछन् । उनका अनुसार यहाँबाट सर्वसम्मत रुपमा दुइजनाको नाम पठाइएको हो । आँकाक्षिहरु सबैले भण्डारीलाइ समर्थन गरेको र निर्बिबाध रुपमा भण्डारी र भट्टराइलाइ उठाइएकाले अब चुनावी अभियान शुरु हुने काँग्रेसका ति नेताले बताए । भण्डारी अप्रत्याशित रुपमा काँग्रेसको नगरसभापति जितेका थिए । त्यसपछि उनले क्षेत्रिय सभापति पनि जिते । युवामाझ लोकप्रीय रहेका उनि दमक नगरपालिकाको संयन्त्रको सदस्यमा रहेर पनि काम गरिसकेकाछन् । उपमेयर भट्टराइ राजनीति र सामाजिक रुपमा नै चिनिएकी ब्याक्ति हुन् । दमक जेसिसको पहिलो महिला अध्यक्ष उनि बनेकी थिइन् ।
नेपाली काँग्रेसबाट दमकको मेयरमा ढुण्डिराज र उपमेयरमा रेगिना
सवाल नेपालसंवाददाताआइतबार, ६ जेठ २०७४

नेपाली काँग्रेसबाट दमकको मेयरमा ढुण्डिराज र उपमेयरमा रेगिना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



