
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कठायतलाई तोकिएको छ ।
प्रहरी प्रधान कार्यलय नक्सालले बुधवार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कुवेर कठायतलाई तोकेको जानकारी दिएको हो ।
यसभन्दा अगाडि प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाही बढुवा भएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बनेका छन् ।