
काठमाडौँ — उपत्यकामा २४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
उनका अनुसार काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट काठमाडौंका ४१, भक्तपुर ५ र ललितपुरका २ जना छन् ।
२४ घन्टा अद्यावधिक विवरणअनुसार उपत्यकाका तीन जिल्लामा बुधबार १५ जना र मंगलबार ५३ जना संक्रमित फेला परेका थिए ।
बिहीबार मन्त्रालयका प्रवक्ता गौतमले २४ घन्टामा मुलुकभर भने २७४ कोरोना संक्रमित थपिएको र २२७ जना डिस्चार्ज भएको जानकारी गराए ।