दमक। झापामा आज थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टा स्थित राजश्व तथा भन्सार गुल्ममा कार्यरतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मेची नगर नगरपालिकाका फोकल पर्सन नबिन बरालले जानकारी दिनु भयो ।

वहाँका अनुसार मेची नगर नगरपालिकाबाट ३२ जना सशस्त्र प्रहरीसहित एक सय १७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । जसमा १२ जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काँकडभिट्टामा कोरोना संक्रमित हुने सशस्त्र प्रहरीको संख्या ३२ पुगेको छ ।

यसअघि सोही गुल्मका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु आइसोलेसनमा छन् । आज आएको रिपोर्टले मेचीनगरमा समुदायमा भने कोरोना संक्रमण नभएको प्रष्ट भएको मेचीनगर नगरपालिकाको उप–प्रमुख मीना पोखरेल उप्रेतीले सवाल नेपाललाई प्रतिक्रिया दिनुभयो । उप्रेतीले भन्नु भयो मेचीनगरबाट पठाइएका एक सय १७ जना मध्ये १२ जनामा कोरोना देखियो, ति सबै सशस्त्रका हुन् । समुदायका कसैको पनि रिपोर्ट पोजेटिभ देखिएन् ।यसले समुदायमा कोरोना फैलिएको छैन भन्ने प्रष्ट भएको छ ।

वहाँले सशस्त्रका थपमा कोरोना देखिनुले संक्रमित एउटै हलमा बस्दापनि कोरोना फैलन सक्ने देखिएको भन्दै सामुदायिक भबनलाई क्वारेन्टाइन बनाउन उपयुक्त नहुने देखिएको बताउनु भयो । उप–प्रमुख उप्रेतीले सबैमा सचेत रहन पनि अनुरोध गर्नु भएको छ । वहाँले संचार क्षेत्रले सही सूचना संप्रेशण गरेर खबरदारी गर्न पनि अनुरोध गर्नु भयो ।  यससँगै झापामा कोरोना संक्रमित हुने सशस्त्रको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah