काठमाडौं ।गाइजात्रा गीत ‘तिमी केको जान्ने तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा भुपालमान सिंहको एरेञ्ज रहेको छ । किरण तुलाधरको मिक्सिङ–माष्टरिङ रहेको गीत स्टुडियो वानमा रेकर्डिङ गरिएको हो ।

सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसी लगायतको अभिनय रहेको छ ।

कन्सेप्ट शशिकिरणको र हरि हुमागाईंको छायाँकन रहेको गीतको भिडियोमा सुशिल न्यौपानेको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ ।
राइज ग्लोबल प्रोडक्शनको प्रि–पोष्ट प्रोडक्सन तथा लक्षु निरौला पोडक्सन संयोजक रहेको गीतलाई पंकज अधिकारीले अङ्ग्रेजी अनुवाद गरेका छन् । गीतको भिडियोमा विक्रम थापाको श्रृङ्गार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah