वि.सं.२०७७ साउन- १७, शनिवार,ई.सं. २०२० अगष्ट -१,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-त्रयोदशी , २१:३७ बजे उप्रान्त चतुर्दशी,नक्षत्र -मूल , ०७:४४ बजे उप्रान्त पूर्वाषाढा,योग-वैधृति , ११:०८ बजे उप्रान्त विष्कम्भ,करण-कौलव १०:१० बजेदेखि तैतिल , २१:३७ बजे उप्रान्त भद्रा,चन्द्रराशि-धनु,आनन्दादि योग-गद, सूर्योदय-५:२८, सूर्यास्त-१८:५१,दिनमान-३३ घडी २८ पला, व्रत/पर्व-शनि–प्रदोष व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,धार्मिक कार्यमा सफल भइनेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – नाक तथा घाँटीमा समस्या आउला ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,बन्न लागेको कार्य रोकावट आउन सक्छ ,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,उच्च मनोवल रहनेछ अध्यात्मिक शक्ति बढ्ने छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला, आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,विशिष्ट नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,अधुरा काम सम्पादन गर्न सकिनेछ, व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,धार्मिक यात्राबाट आनन्द हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पति पत्नी बिचमा मन मुटाव हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ , आजको शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय