दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका शतप्रतिशतले कोरोना जितेका छन् । गौरीगञ्जको वडा नम्बर ५ का ३७ वर्षीय पुरुषले कोरोना जितेसँगै गौरीगञ्जका शतप्रतिशतले कोरोना जितेका हुन् । गौरीगञ्जका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गौरीगञ्ज ५ का पुरुष आज कोरोना जितेर घर फर्किएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले सवाल नेपाललाई जानकारी दिनुभयो । उनी मोरङ्गको गोठगाउँ स्थित पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पतालबाट कोरोना जितेर फर्किएका हुन् । योसँगै शतप्रतिशत कोरोना जित्ने झापाका स्थानिय तहको संख्या ५ पुगेको छ ।



