काठमाडौं । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण(पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक बर्षमा सात सयभन्दा बढी निजामति कर्मचारीले राजीनामा दिएका छन् ।

अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरेका हुन ।

निजामती कितावखानाका अनुसार यो संख्या अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो । किताबखानाका उपनिर्देशक अद्धैतप्रसाद श्रेष्ठले अघिल्ला बर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा ३ सय हुने गरे पनि गत आर्थिक बर्षमा दोब्बरले बढेको जानकारी दिए ।

किताबखानाले आर्थिक बर्ष २०७७/७८ मा एक मुख्यसचिब, १९ सहसचिबसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ बर्ष उमेरहदका कारण अवकाश पाउन लागेको जानकारी गराइएको छ ।

तर, अघिल्ला बर्षहरुमा करिब ३ हजार २ सय ३ सयसम्म कर्मचारीले अवकाश पाउने गरेका थिए । -नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय