
विर्तामोड। झापाको विर्तामोड नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा २३ वर्षीया महिला रहेकी छन् ।
उनी विर्तामोडको मेची आँखा अस्पतालको क्वारेन्टाइन हेर्ने प्रहरी भएको विर्तामोड नपाका कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक ओम खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो । उनको स्थाइ घर त्रियुगा ५ उदयपुर भएको पनि खड्काले जानकारी दिनु भएको छ ।
वहाँका अनुसार विर्तामोडबाट पठाइएका ३९ जनाको स्वाबको रिपोर्टमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएसँगै उनलाई थप उपचारका लागि कोभिड अस्पताल धरान पठाइएको खड्काले जानकारी दिनुभयो । योसँगै विर्तामोडमा कोरोना संक्रमित हुनेको संख्या ९ पुगेको छ । संक्रमित मध्ये ६ जनाले कोरोना जितिसकेका छन् ।