काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा धेरै संख्यामा भिडभाड नगर्न आग्रह गर्दै त्यसो गरे घातक हुनसक्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमणको जोखिम कायम रहेको अवस्थामा २५ जनाभन्दा धेरै संख्यामा भेला भए, भोज, सभा, जुलुस तथा धार्मिक कार्यक्रम गरे त्यो आफ्नै लागि घातक हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नियमित प्रेस बिफिङका क्रममा शनिबार प्रवक्ता गौतमले सिंहदरबार भित्रै कर्मचारीले सामाजिक दूरी कायम नगरेको, माक्स नलगाएको सूचना आएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अनिवार्यरुपमा पालना गर्न आग्रह गरे ।