दमक। झापाका ५ स्थानीय तहका शतप्रतिशतले कोरोना तिजेका छन् । पछिल्लो क्रममा गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाका एक/एक जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएसँगै झापाका १५ स्थानीय तह मध्ये ५ स्थानीय तहका कोरोना संक्रमित सबैले कोरोना भाइरसलाई पराजित गरेका छन् ।

गौरीगञ्ज र शिवसताक्षी बाहेक यसअघि नै तीन स्थानीय तहका कोरोना संक्रमित सबै कोरोना जितेर घर फर्किसकेका थिए । झापाका कोरोना संक्रमित सबै निको हुने स्थानीय तहमा कन्काई नगरपालिका, हल्दीबारी गाउँपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिका रहेका छन् ।

कन्काईमा ८ पुरुष र ४ महिला गरी १२ जना संक्रमित भएका थिए भने हल्दीबारीमा ६ महिला र ६ पुरुष संक्रमित भएका थिए । त्यस्तै गौरादह नगरपालिकामा ७ पुरुष र ४ महिला गरी ११ जना संक्रमित थिए भने गौरीगञ्ज गाउँपालिकामा २३ पुरुष संक्रमित थिए । गौरीगञ्जको वडा नम्बर ५ का ३७ वर्षीय पुरुषले कोरोना जितेसँगै गौरीगञ्जका शतप्रतिशतले कोरोना जितेका हुन् ।

गौरीगञ्जका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गौरीगञ्ज ५ का पुरुष शनिबार कोरोना जितेर घर फर्किएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । उनी मोरङ्गको गोठगाउँ स्थित पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पतालबाट कोरोना जितेर फर्किएका हुन् । त्यस्तै शिवसताक्षीमा ४ पुरुष र २ महिला गरी ६ जना संक्रमित भएका थिए ।

शिवसताक्षी नगरपालिकाका वडा नम्बर ६ का एक संक्रमितले पनि कोरोना जितेर घर फर्किएको र योसँगै सबै संक्रमितले कोरोना जितेको शिवसताक्षी नगरपालिकाको फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए । झापामा सबै भन्दा बढी कचनकवल गाउँपालिकामा १ सय ३५ जना संक्रमित भएका छन् । संक्रमित सबै पुरुष हुन् । त्यस मध्ये एक सय ३४ जनाले कोरोना जितिसकेका छन् । सबैभन्दा कम कमल गाउँपालिकामा २ जना संक्रमित भएका छन् । जसमा एक जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय