दमक। झापाको अर्जुनधारा नगरपालिकाका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सबै विदेशबाट आएका हुन् । ४१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगर प्रमुख हरी कुमार रानाले सवाल नेपाललाई जानकारी दिनुभयो ।

संक्रमित हुनेमा यही साउन ७ गते भारतबाट आएका ३८ बर्षीय पुरुष, ७ गते नै दुबईबाट आएका ५० वर्षीय पुरुष, ८ गते भारतबाट काँकडभिटा नाका हुँदै आएका ३९ बर्षीय पुरुष र ९ गते कतारबाट आएका २४ वर्षीय पुरुष रहेका छन् । उनीहरु विदेशबाट आएर शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । यही साउन १५ गते स्वाब संकलन गरी पठाइएको थियो ।

आज रिपोर्ट पोजेटिभ आएका ४ जनालाई उपचारका लागि गोठगाउँ स्थित पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पताल पठाइने नगर प्रमुख रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय