मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफन्त बीच अविश्वास बढ्ला,मानसम्मान मिल्नेछ ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,भाग्यले साथ दिनेछ,झुटा आरोप लाग्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,व्यावसायिक काममा खर्च बढ्नेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,
आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ ।

राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah