
दमक। झापाको दमकमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालको नगर समिति गठन भएको छ । मंगलबार एक कार्यक्रमकाबीच दिपेन्द्र पौड्यालको संयोजकत्वमा २१ सदस्यीय नगर समिति गठन गरिएको हो ।
स्वागत नेपालको नेतृत्वमा रहेको स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रिय बैज्ञानिक अनुसन्धान विभागका सम्योजक डा . कपिलमणि मिश्र र झापा जिल्ला संयोजक इशु श्याम नेपालको उपस्थितिमा भएको समिति गठनमा सहसंयोजकमा अम्बिका खुलाल र सचिवमा निर्मल उप्रेति छन् ।
त्यस्तै सदस्यहरुमा माधव ढकाल, मदन सापकोटा, विन्दा थापा, सुलभ रिजाल, सविन दाहाल, सुजन थपलिया, विकास शर्मा, समीर संग्रौला, मिलन भट्टराई, विकास प्रसाई, राजिव कार्की, मनोज कट्टेल, सुगम गुराँगाई, उमेश चम्लागाई, भानुभक्त अधिकारी, राजकुमार खड्का, सरोज खनाल र निरज नेपाल रहेका छन् । पछिल्लो क्रममा स्वतन्त्र राष्ट्रिय अभियानले दमकमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसले राइट टु रिजेक्ट, राइट टु रिकल र उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र साथै ग्रेटर नेपालको मुद्दा उठाउँदै आएको छ ।