नेकपा एमालेको आज बसेको स्थायी कमिटीेको बैठकले दोश्रो चरणको निर्वाचनमा उत्साहका साथ लाग्न पार्टी नेता तथा कार्यकर्तालाइ निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा भएको धाधली र सत्तको दुरुपयोग रोक्नका लागि संसदीय समिति बनाउन पनि माग गरिएको छ । यसैगरि एमालेका कार्यकर्ताको ज्यान मार्न खोज्ने अपराधिहरुलाइ पक्राउ गरेर बुझाउदा उल्टै प्रहरीको संलग्नतामा छाडिएको भन्दे आक्रोश पोखिएको छ । हेर्नहोस बैठकका निर्णयहरु यस्ताछन् ।
पार्टीको बिज्ञप्ति
नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो ।
बैठकले सरकारका तर्फबाट व्यवस्थापिका संसद्मा दर्ता गरिएको राष्ट्र हित विपरीत तथा औचित्यहिन संविधान संशोधन विधेयक फिर्ता लिन तथा प्रधानन्यायधिश माथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता गरी राजनीतिक सहमतिको वातावरण निर्माण गर्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउन सरकारको गम्भीर ध्यनाकषर्ण गरेको छ ।
हालै सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभन्न भागमा सक्ता संरक्षित अराजनीतिक गतिविधि तथा धाधलीका बारेमा छानविन गर्न र दोषी उपर कार्वाही गर्न तत्काल संसदीय समिति निर्माण गर्न बैठकले माग गरेको छ ।
बैठकले दोस्रो चरणको निर्वाचनका लागि अविलम्ब उम्मेदवारको निर्णय र सिफारिस गर्न मातहत पार्टी कमिटीलाई निर्देशन गरेको छ र साथै पहिलो चरणका अनुभवबाट शिक्षा लिँदै पार्टीको विजयका लागि थप उत्साह र एकताबद्ध रूपमा अघि बढ्न सिङ्गो पार्टी पंक्तिलाई आव्हान गरेको छ ।
बैठकले पहिले चरणको निर्वाचनका घटना र अनुभवबाट शिक्षा लिँदै स्थानीय औचित्य र आवश्यकताको आधारमा पार्टीको नेतृत्वसंग समन्वय गरी चुनावी ताममेल गर्न सक्ने अधिकार स्थानीय पार्टी कमिटीहरुलाई प्रदान गरेको छ ।
हिजो वैशाख ५ गते रसुवा जिल्लाको गोसाईकुण्ड वाड नं. ५ स्याफ्रुवेसीका नेकपा (एमाले)का समर्थक फुर्पु साङवो तामाङलाई केही आपराधिक व्याक्तिहरुले ज्यान लिने उद्देश्यले आक्रमण गरी घाइते बनाएको र स्थानीय जनातको सहयोगमा ती अपराधिहरुलाई गिरफ्तार गरी प्रहरी समक्ष वुझाएको तर उनीहरूलाई प्रहरीको सहयोगमा भगाईएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको छ । बैठकले उक्त घटनाका अपराधिहरुलाई तत्काल गिरफ्तार गरी कार्वाही गर्न र घाइतेको उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।



