अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले ‘अमेरिकी नियामक निकायले कोरोना भाइरसको भ्याक्सिनका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने कुरामा आश्वस्त पारेको’ जानकारी दिएका छन् ।

अमेरिकामा यसैवर्ष नोेभेम्बरमा राष्ट्रपति चुनाव छ र राष्ट्रपति ट्रम्पको चाहना चुनाव अघि नै कुनै प्रभावकारी भ्याक्सिन आओस् भन्ने रहेको बताइन्छ ।

फाउचीले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा भने, ‘भ्याक्सिनका लागि कुनै दबाब नदिइने भनेर हामीलाई आश्वस्त पारिएको छ । त्यसका लागि हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुनेछैन । भ्याक्सिनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा र प्रभावकारी मानक हो, राजनीतिक दबाब होइन भनेर हामीलाई बताइएको छ ।’

३ नोभेम्बरमा हुने राष्ट्रपति चुनाव अघिको ‘ओपिनियन पोल’मा रिपब्लिकन ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि परिरहेका छन् । कोरोनाभाइरससँग जुध्न अमेरिकाले अपनाएका उपायहरुका सन्दर्भमा ट्रम्पको भूमिकाबारे चर्को आलोचना भइरहेको छ र त्यसको असर मतदातामाथि पनि परिरहेको छ । यस्तो स्थितमा बाइडेनको तुलनामा ट्रम्पकाे लोकप्रियता कम देखिएको छ । आगामी अक्टोबर महिनासम्म अमेरिकाले भ्याक्सिन सार्वजनिक प्रयाेगका लागि निकाल्न सकेको खण्डमा भने ट्रम्पलाई चुनाव जित्न मद्दत मिल्न सक्थ्यो भन्ने एकाथरिको विश्लेषण छ ।

कहिले आउँछ भ्याक्सिन ?

फाउचीले अर्को वर्षको सुरुवातमा कोरोनाभाइरसको करोडौं डोज आउन सक्ने बताएका छन् ।

फाउचीले भने, ‘हामीलाई निर्माताले सन् २०२१ क अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज पाइने कुरा बताएका छन् । यस्तोमा मलाई लागिरहेको छ कि स्थिति हाम्रो नियन्त्रणमा छ र भ्याक्सिन बनाउने प्रक्रिया सकारात्मक छ । म आशावादी छु तर यसै यकिनका साथ केही भन्न सकिँदैन किनभने भ्याक्सिनका लागि ग्यारेन्टी दिन सकिँदैन । भ्याक्सिन आइहाले पनि हामीले कोरोनाभाइरसकाे महामारीलाई जरैदेखि उन्मूलन गर्न सक्छौं भन्ने मलाई लाग्दैन किनभने कोरोनाभाइरसजस्ता संक्रामक भाइरस निकै कम हुन्छन् ।’

डा. एन्थोनी फाउचीले सिएनएनसँगको कुराकानीमा कोरोनाभाइरसले जति बिध्वंस अमेरिकामा मच्चाएको छ त्यति कुनै मुलुकमा मच्चाएको छैन भनी बताएका छन् । यद्यपि, राष्ट्रपति ट्रम्प यस्तो मान्दैनन् ।

फाउचीले भने, ‘कोरोनाले पूरा संसारलाई गाँजेको छ तर अमेरिकाले जति झेलिरहेको छ, त्यति कसैले पनि झेलेको छैन । संक्रमितको संख्या र मृतकको आँकडा हेर्दा नै स्पष्ट रुपमा थाहा हुन्छ । संसारभरि कोरोना संक्रमित र त्यसैको कारण भइरहेको मृत्युको संख्या अमेरिकामा मात्रै २० देखि २५ प्रतिशत छ जबकि यहाँको जनसंख्या संसारको कूल जनसंख्याको पाँच प्रतिशतभन्दा पनि कम छ । संख्याबाट स्पष्ट हुन्छ कि अमेरिकामा कोरोनाको घाउ धेरै गहिरो र आलो छ ।’ स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah