
नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस कोभिड–१९ पोजेटिभ देखिए पनि प्रचण्डसहित अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रचण्डको स्वकीय सचिवालयका तर्फबाट फेसबूकमा सन्देश लेख्दै छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् ।
‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड- १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । उक्त ६ जनाबाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु,’ दाहालले फेसबूकमा लेखेकी छन् ।
कोरोना पोजेटिभ देखिएका सुरक्षाकर्मीलाई उनले शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् । ‘अध्यक्षको सुरक्षामा अहोरात्र खटिनुहुने संक्रमित सुरक्षाकर्मी साथीहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना,’ दाहालले फेसबूकमा लेखेकी छन् ।