दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की होम क्वारेन्टाइनमा बस्नु भएको छ । यही साउन १४ गते प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

देशमा प्रहरी व्यवस्थापन सम्बन्धमा काठमाण्डौंमा भएको छलफलमा सहभागी प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना सक्रमण भएको पुष्टि भएसँगै मन्त्री कार्की होम क्वारेन्टाइनमा बस्नु भएको वहाँका स्वकीय सचिव कमल पौडेलले सवाल नेपाललाई जानकारी दिनुभयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहनु भएको थियो ।

कार्कीको सचिवालयले १६ साउनपछि मन्त्रीसँग भेटघाट गर्ने र प्रत्यक्ष सम्पर्कमा पुग्नेहरूलाई सतर्क रहन आग्रह समेत गरेको छ । मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह समेत गर्नु भएको छ ।